अध्यक्ष ओलीमाथि आक्रमण भएको भन्दै संसदमा एमाले सांसदको विरोध

राष्ट्रपाटी न्युज

बैशाख १४, २०८०

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण भएको भन्दै एमालेका सांसदहरुले उठेर विरोध जनाएका छन् ।

बैठक सुरु भएलगत्तै एमालेका सांसद उठेर विरोधको संकेत गरे । त्यसपछि सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए । यसपछि प्रमुख सचेतक गिरीले झापामा अध्यक्ष ओलीमाथि आक्रमण भएको र सरकारले दोषीलाई कारबाही गर्न तथा अवान्छित गतिविधि गर्नेलाई नियन्त्रणमा लिन नसकेको बताए ।

साथै माओवादीका अयोग्य लडाकुलाई पैसा बाँड्न थालिएको भन्दै एमालेले सरकारको विरोध गरेको छ । बैठक चलिरहेको छ ।


Published :बैशाख १४, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media