६० जना थपिए कोरोना संक्रमित, ५५ जना मुक्त

राष्ट्रपाटी न्युज

१७ बैशाख २०८०

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४७३ नमूनामध्ये २७२ जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार २०१ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ६० जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै कोरोनाबाट सक्रिय संक्रमित हुनेको संख्या ३२८ जना पुगेको छ । संस्थागत आईशोलेशनमा २८ जना, आईसीयूमा ९ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार आइतबार मात्रै ५५ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किइसकेका छन् ।


Published :१७ बैशाख २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media