बागमतीका नवनियुक्त ६ मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

राष्ट्रपाटी न्युज

जेष्ठ ७, २०८०

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नयाँ गठबन्धन बनेपछि तेस्रो पटक मन्त्रिपरिषद विस्तार गरेका छन् ।

छजना नयाँ मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

सरकारमा नेपाली कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, उत्तम जोशीले स्वास्थ्य मन्त्रालय, मसिना खड्काले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्। कांग्रेसका रामकृष्ण चित्रकारको मन्त्रालय पछि तोकिने भएको छ ।

नेकपा एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठले, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसअघि मुख्यमन्त्री सहित नेकपा माओवादी केन्द्रका ४, नेपाली कांग्रेसका २ जना मन्त्री भइसकेका छन् । बागमती प्रदेशमा मन्त्रालयको संख्या ११ छ । मन्त्रीको संख्या १२ भएकाले एक मन्त्रालय फुटाइने भएको छ ।


Published :जेष्ठ ७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media