जलहरी प्रकरणमा ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित होइनः प्रधानमन्त्री

राष्ट्रपाटी न्युज

जेष्ठ १२, २०८०

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पशुपतिनाथको जलहरी प्रकरणमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित नभएको बताएका छन् ।

पार्टीका सांसद लेखनाथ दाहालले सो प्रकरणबारे ओलीलाई जोडेर संसदमा दिएको अभिव्यक्ति उचित नभएको प्रधानमन्त्री दाहालको स्विकारोक्ति थियो । शनिबार प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले त्यसबारे जवाफ दिन प्रधानमन्त्री दाहाललाई समय दिएका थिए ।

प्रधानमन्त्री दाहालले सो प्रकरणबारे पार्टीका सांसद दाहालले बोलेको कुरा संसदका रेकर्डबाट हटाउन सकिने प्रचलन गरेको पनि स्मरण गराए । उनले सो प्रकरणबारे अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको र स्वतन्त्र तथा निष्पक्ष छानविन हुने आश्वासन समेत दिए ।

प्रधानमन्त्री दाहालले सो प्रकरणबारे छानविन गर्न अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई सरकारले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनको सो जवाफ दिएपछि अहिले संसद बैठक सूचारु भएको छ । एमालेले सो प्रकरणमा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता ओलीलाई मुछेको भन्दै शुक्रबार (हिजो) प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको थियो ।


Published :जेष्ठ १२, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media