श्रीच्छा प्रधानले जितिन् मिस नेपाल २०२३ को उपाधि

राष्ट्रपाटी न्युज

१३ जेष्ठ २०८०

काठमाडौं । श्रीच्छा प्रधानले मिस नेपाल २०२३ को उपाधि जितेकी छन् । गोदावरीको सनराइज हलमा भएको फाइनलमा २४ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दैप्रधानले उपाधि जितेकी हुन् ।

उनले लिबरल आर्टस–साइन्समा स्नातक गरेकी छन् । उनलाई गतबर्षकी मिस नेपाल प्रियंकारानी जोशी ताज लगाई दिएकी छन् ।

समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरियो । यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितेकी छन् । त्यस्तै रैना मजगैया मिस नेपाल अर्थ र प्रसिद्वी शाह मिस नेपाल इन्टरनेशनल घोषित भए ।


Published :१३ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media