टुँडिखेलमा १६औं गणतन्त्र दिवस (फोटो फिचर)  

राष्ट्रपाटी न्युज

जेष्ठ १४, २०८०

काठमाडौं । १६औं गणतन्त्र दिवसका अवसरमा सोमवार सैनिक मञ्च टुँडिखेलमा उल्लासमय वातावरणमा भव्य कार्यक्रम गरी मनाइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिद्वारा आयोजित विशेष समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधि सभाका सभमुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र नै भएको बताए । गणतन्त्र दिवसको विशेष समारोहलाई सम्बोधन गदै उनले गणतन्त्र समावेशी लोकतन्त्रको उत्कृष्ट अभ्यास भएको स्पष्ट पारेका छन् ।

विक्रम संवत् २०६२-६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य भइ गणतन्त्र स्थापना भएको थियो ।
नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा गणतन्त्र दिवस मनाउन थालिएको हो ।


Published :जेष्ठ १४, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media