सन्दिप लामिछानेविरूद्धको मुद्दाको सुनुवाइ आज

राष्ट्रपाटी न्युज

जेष्ठ १६, २०८०

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्ध बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको एकल इजलासमा लामिछानेविरुद्ध मुद्दाको पेशी तोकिएको छ ।

वि.स. २०७९ पुस २८ गते लामिछानेलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । यसअघि जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई २०७९ असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो।

उनीविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । सन्दीपलाई तुरुन्तै नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन गरेको थियो। तर,उच्च अदालतले २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएपछि थुनामुक्त भएका सन्दीपमाथिको निलम्बन फुकुवा भएको थियो । त्यसपछि उनलाई राष्ट्रिय क्रिकेट टिममा समावेश गरिएको छ ।


Published :जेष्ठ १६, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media