कोशी प्रदेशकी स्वास्थ्यमन्त्री लिम्बूद्वारा राजीनामा

राष्ट्रपाटी न्युज

जेष्ठ १७, २०८०

विराटनगर । जसपाबाट कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनेकी निर्मला तावा लिम्बूले राजीनामा दिएकी छन् ।

विराटनगरमा पत्रकार सम्मेलन गरी उनले राजीनामाको घोषणा गरिन् । जसपाको प्रदेश समितिको बैठकले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

सोही बैठकले मन्त्री लिम्बूलाई सरकारबाट फिर्ता आउन आग्रह गरेको थियो । पार्टीको निर्णयलाई आफूले मान्ने भन्दै उनले राजीनामा दिएकी छन् ।


Published :जेष्ठ १७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media