रुस-युक्रेन युद्धको विरोधमा चर्चअगाडि नांगो प्रदर्शन

राष्ट्रपाटी न्युज

जेष्ठ १९, २०८०

काठमाडौँ । रुस-युक्रेन युद्ध अझै जारी रहेको बखतमा एउटा अनौठो बिरोध प्रर्दशन भएको छ ।

जसअनुसार बिहीबार एक व्यक्तिले युक्रेनको समर्थनमा भ्याटिकनको सेन्ट पिटर बासिलिकामा नग्न प्रदर्शन गरेका छन् । उनी सो क्रममा चर्चको मुख्य वेदीमा लुगा बिना नै उभिएका थिए । ‘उक्त व्यक्तिको पछाडि युक्रेनका बालबालिकालाई बचाउन माग गर्दै नारा लेखिएको थियो’ त्यहाँस्थित तैनाथ सुरक्षाकर्मीले रोयर्टसलाई भने ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो घटना बिहीबार दिउँसो चर्च बन्द हुनुअघि भएको हो । त्यहाँस्थित स्रोतले भने कि प्रदर्शनकारीले आफ्नो शरीरलाई नङले कुँजाएका थिए ।

सो प्रदर्शन गर्ने ब्यक्तिलाई भ्याटिकनका गार्डले प्रहरीलाई जिम्मा लगाएका थिए । यद्यपि उक्त व्यक्तिको परिचय भने खुलाइएको छैन । (एजेन्सी)


Published :जेष्ठ १९, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media