पुँजीगत लाभकरलाई अन्तिम कर कायम गर्न माग गर्दै लगानीकर्ताको प्रदर्शन

राष्ट्रपाटी न्युज

१९ जेष्ठ २०८०

काठमाडौं । सेयर लगानीकर्ताहरूले पुँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरूले सेयर कारोबारमा बजेटले गरेको व्यवस्थाप्रति आपत्ती जनाउँदै काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७ दशमलव ५ प्रतिशत पुँजीगत लाभकर अन्तिम गर्नुपर्ने,पुँजीबजारमा ३९ प्रतिशत कर नमान्ने जनाएका छन् ।

प्रदर्शनमा सहभागीहरूले आर्थिक विधेयक संशोधन गर,पश्चगामी करनीति खारेज गर,लगानीकर्तामाथि जालझेल बन्द गरलगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा रास्वपा सांसद हरि ढकालले ऐकवद्धता जनाउँदै सेयर लगानीकर्ताको माग पुरा गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।

लगानीकर्ताको सम्पतीमाथि लामो हात गर्ने प्रयासलाई असफल बनाउने उनले बताए । उनले यस मुद्धालाई सम्पूर्ण लगानीकर्ताहरु एकजुट भएर अघि बढाउन सुझाव समेत दिए ।

उनले यस विषयमा संसदमा शसक्त रुपमा आवाज उठाउने जानकारी दिए । यता अर्थमन्त्री डा. प्रकाशशरण महतले भने सेयर लगानीकर्ताहरू आयकरको दायमा नआउने भन्दै भ्रममा नपर्न आग्रह गर्दै आएका छन् ।


Published :१९ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media