१७ सय घट्यो सुनको मूल्य

राष्ट्रपाटी न्युज

जेष्ठ २०, २०८०

काठमाडौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउमा ओरालो लागेको छ ।  सुनको मूल्य आइतबार तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावपाल सुन १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो ।


Published :जेष्ठ २०, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media