नेप्से दोहोरो अंकले घट्दा कारोबार रकममा पनि गिरावट

काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा पुगेको हो। नेप्से घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा गिरावट आएको छ।

यसदिन ३४७ वटा स्क्रिप्सको १ करोड ५१ लाख  ९६ हजार  ९८२ कित्ता सेयर ५ अर्ब ७ करोड ३५ लाख  १८ हजार ६६२ रुपैयाँमा खरिदबिक्री भए। सोमबार ५ अर्ब ५२ करोडको कारोबार भएको थियो।

कारोबारमा आएकामध्ये ५६ वटा स्टक्सको मूल्य बढ्दा २१८ वटाको घट्यो। ५ स्टक्सको मूल्य भने आज स्थिर रह्यो। सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको सेयर १४.९९ र माउन्ट एभरेष्ट डेभलपमेन्टको सेयर १४.९८  प्रतिशतले बढ्यो।

सगरमाथा जलविद्युत कम्पनीको सेयर सर्वाधिक १०.६३ प्रतिशतले घट्यो। ५० कारोड मूल्य बढीको सेयर कारोबार एग्रिकल्चर बोण्ड (9 year) शीर्षस्थानमा रह्यो।

सोलु हाइड्रोपावरले ३९ करोडको कारोबार गर्दा खानीखोला हाइड्रोपावरले २५ करोड,रिलाइन्स स्पिनिङ मिल्सले १६ करोड र युनाइटेड मोदी हाइड्रोपावरले १६ करोड बराबरको कारोबार गरे।

ट्रेडिङ समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए।


Published :भदौ २, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media