कृष्ण पहाडीलगायत मानवअधिकारकर्मी पक्राउ

राष्ट्रपाटी न्युज

३२ जेष्ठ २०८०

काठमाडौं । अधिकारकर्मी कृष्ण पहाडी लगायत मानवअधिकारकर्मी पक्राउ परेका छन् ।

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै बानेश्वर पुगेका अधिकारकर्मी पहाडीसहित पक्राउ परेका हुन् ।

शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेताहरुसहित मूल दोषीलाई उम्काएको तथा अरुलाई पनि कारबाही नगरी छाडन खोजेको भन्दै मानव अधिकार तथा शान्ति समाजले संसद् भवन अगाडि नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए ।

निषेधित क्षेत्रमा नाराबाजी गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


Published :३२ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media