जिम्बाबेसँग नेपाल आठ विकेटले पराजित

काठमाडौँ । क्राग एर्भिन र सिन विलियम्सको अविजित शतकप्रेरित जिम्बाब्वेले आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा नेपाललाई आठ विकेटले पराजित गरेको छ ।

कुशल भुर्तेलको ९९ रनप्रेरित नेपालले क्रिकेट विश्वकपको ग्लोबल छनोटमा घरेलु टिम जिम्बाब्वेलाई दुई सय ९१ को लक्ष्य दिएको थियो।

हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९० रनको योगपफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको जिम्बाब्वेले ४४.१ ओभरमा दुई विकेट मात्र गुमाएर लक्ष्य पूरा गर्‍यो ।


Published :असार ३, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media