टप एन्ड टी–२०: नेपालले आज अस्ट्रेलियाको एनटी स्ट्राइकको सामना गर्दै

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० क्रिकेट सिरिजको आफ्नो पहिलो खेलमा नेपालले आज आयोजक एनटी स्ट्राइकको सामना गर्दैछ। यो खेल नेपाली समय अनुसार दिउँसो २: १५ बजे सुरु हुँदैछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले अनिल शाहको कप्तानीमा १५ सदस्यीय नेपाल ‘ए’ टोली अस्ट्रेलिया पठाएको छ। टोलीमा कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, रासिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, बिपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन्।

प्रतियोगिताको तालिका अनुसार नेपालले लिग चरणमा कूल ६ खेल खेल्नेछ। पहिलो खेल आज आयोजक एनटी स्ट्राइकसँग खेलेपछि नेपालले दोस्रो खेल अगस्ट २२ (भोलि) बङ्गलादेश ‘हाइ–परफर्मेन्स’ टोलीसँग खेल्नेछ। यस्तै नेपालले तेस्रो खेल अगस्ट २४ मा हरिकेन्स, चौथो खेल अगस्ट २६ मा एसीटी कमेट्स, पाँचौँ खेल किङ्समेन र छैटौँ खेल भिक्टोरियासँग खेल्ने तालिका छ।

नेपालले यसअघि अघिल्लो संस्करणमा पनि यो प्रतियोगिता खेलेको थियो, जसमा ६ खेलमध्ये २ मा जित र ४ खेलमा हार व्यहोरेको थियो।


Published :भदौ ५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media