अमेरिकी राष्ट्रपति बाइडेनका छोरा लागूऔषध प्रयोगकर्ता

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ ।

राष्ट्रपति वाइडेनका छोराले लागु औषध प्रयोगकर्ता तथा अबैध बन्दुकसमेत राखेको स्विकार गरे पछि यो खुलासा भएको हो ।

संघीय आयकर नतिरेको र गैरकानुनी रूपमा बन्दुक राखेको आरोप लागे पछि उनले एक सरकारी कार्यालयसक्ष पुगेर सो स्वीकार गरेका हुन् ।

आफ्नो गृह राज्य डेलावेयरस्थित महान्यायाधिवक्ताको कार्यालय समक्ष दिएको निवेदनमा राष्ट्रपति पुत्र हन्टर बाइडेनले आफू लागूऔषध प्रयोगकर्ता भएको स्विकार गर्दै आयकर नतिरेको तथा गैरकानुनी रुपमा बन्दुक राखेको जानकारी दिएका हुन् ।

उनको सो निवेदनलाई संघीय न्यायाधीशले अनुमोदन गर्नुपर्ने हुन्छ । यदी, त्यो अनुमोदन नभएमा राष्ट्रपति पुत्रमाथि कानुनी कारबाही हुनेछ ।

उता, अमेरिकी राष्ट्रपति वाइडनले छोरा हन्टरलाई उनी माथी लागेको अभियोग स्वीकार गरेकोमा धन्यवाद दिएका छन् । तर, ह्वाईट हाउसले सो भन्दा बढी कुनै प्रतिक्रिया नदिने जनाएको छ । (एजेन्सी)


Published :असार ५, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media