चीनमा ग्याँस विस्फोट, ३१ जनाको मृत्यु

काठमाडौँ । चीनको उत्तरपश्चिमी भागको निङ्जिया सहरमा बुधबार राति ठूलो ग्यास विष्फोट भएको छ । उक्त विस्फोटमा अहिलेसम्म ३१ जनाको मृत्यु भएको बताइएको छ ।

समाचार एजेन्सी रोयटर्सले चिनियाँ सरकारी मिडिया एजेन्सी सिन्ह्वा न्यूजलाई उद्धृत गर्दै यस विस्फोटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रतिक्रिया आएको बताएको छ ।

यो विष्फोट निङ्जिया सहरमा रहेको रेस्टुरेन्टमा भएको हो । यो विस्फोटको कारण एलपीजी ग्यास ट्याङ्कीमा लिकेज भएको बताइएको छ । विस्फोटमा परी सात जना घाइते भएका छन्।

चिनियाँ सरकारी टेलिभिजनका अनुसार सी चिनफिङले दुर्घटनामा घाइते भएकाहरूलाई सम्भावित सबै सहयोग उपलब्ध गराउनुका साथै महत्वपूर्ण उद्योग तथा क्षेत्रहरूमा सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने बताएका छन् । यसअघि पनि चीनमा ग्यास र केमिकल विस्फोटका घटना भइसकेका छन् । सन् २०१५ मा शृङ्खलाबद्ध विस्फोटमा १७३ जनाको मृत्यु भएको थियो । (एजेन्सी)


Published :असार ७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media