
काठमाडौं । नेकपा एमाले नागार्जुन नगर कमिटीले नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेत समक्ष १५ पृष्ठ लामो ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य भगवान राज घले ,काठमाडौ जिल्ला कमिटी सचिवालय सदस्य सपना अर्याल ,नागार्जुन नगरकमिटी अध्यक्ष नन्दन हरि गौतम, उपाध्यक्ष श्याम राजा गिरी, सचीव गोबर्धन के सि, नगरककमिटी अन्य पदाधिकारीहरु, वडा कमिटी पदाधिकारी लगायत स्थानीयबासिको उपस्थितिमा नगरको समस्त बिकासलाई लिएर आउदै गरेको नगर अधिवेशनवाट गर्नैपर्ने विकास निर्माण , स्वास्थ ,शिक्षा,रोजगार ,पर्यटन ,सुरक्षा ,सुशासन ,कर्मचारीको ब्यवस्थापन, शून्य भ्रष्टाचारको नीति, नगरबस , नगर रिङ्गरोड खानेपानी , सडक बत्ति , स्वास्थ चौकी, सूचना र प्रविधिको प्रयोग ( नगर एप) , ब्याक्तीगत घटना दर्ता , सार्बजनिक जग्गाको संरक्षण , राजनीति दल र नगरपालिकाको समन्वय जस्ता विषय समेटिएको १३ पृष्ठको ध्यानाकर्षण पत्र नगर प्रमुख समक्ष बुझाइएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख मोहन बहादुर बस्नेतले स्रोत र साधनले धान्ने गरि नगरको बिकासकोलागि सबै पक्षहरुको राय सल्लाहलाई समेट्न कोशिश गर्ने जानकारी दिएका थिए।
ध्यानाकर्षण पत्र बुझाउदै नेकपा एमाले नगर कमिटी अध्यक्ष नन्दन हरि गौतमले नगर बिकासमा नगरपालिकालाइ सहयोग गर्ने तर नगरपालिकाले मनोमानी ढङ्गबाट बजेट बनाउने, खर्च गर्ने तथा नगर बिकासको ठोस आधार नदेखिने बजेट आएमा चुप लागेर नबस्ने चेतावनी समेत दिएका थिए।उनले नगरमा अनाबस्यक रुपमा कर्मचारीतन्त्र हावी हुने, रोजगार शिक्षा,स्वास्थ खानेपानी,यातायात, बिकास निर्माण सुरक्षा जस्ता कुराहरुमा नगरपालिका गैर जिम्बेवारढङ्गले प्रस्तुत भएमा आन्दोलन गर्न बाध्य हुने समेत बताएका थिए ।
नगरपालिकाको आगामी नीति तथा कार्यक्रम र आउदो बजेट हेरेपछि मात्र आन्दोलनको कार्यक्रम घोषणा गरिने गौतमले जानकारी दिएका छन्।

