विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेस गरेका छन् । उनले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्।
थापालाई मुख्यमन्त्री बनाउन सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरूले समर्थन गरेका छन्।
माओवादीबाट १२ जनाले मात्रै हस्ताक्षर गरेका छन्। त्यस्तै कांग्रेसका २९, समाजवादीका ४ र जसपाका एक सांसदले हस्ताक्षर गरेका छन्। सभामुख बाबुराम गौतमले समेत छुट्टै हस्ताक्षरसहित समर्थन गरेका छन् ।