विचार पु-याएर बोल्न प्रधानमन्त्रीलाई कांग्रेस नेता कोइरालाको सुझाव

राष्ट्रपाटी न्युज

असार २१, २०८०

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले संसदको गरिमामा ठेस पुगेको प्रतिक्रिया दिएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता कोइरालाले प्रधानमन्त्रीको अभिव्यक्ति गलत भएको प्रतिक्रिया दिए । उनले प्रधानमन्त्रीलाई विचार पुर्‍याएर बोल्न सुझाव दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए । सोही विषयलाई लिएर  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएका छन् ।

उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् । एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक र राष्ट्रिय सभा बैठक बस्न सकेका छैनन् ।


Published :असार २१, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media