नवोदय सहकारीद्वारा आफ्नै भवनबाट सदस्य सेवा शुभारम्भ

राष्ट्रपाटी न्युज

असार २५, २०८०

बूढानीलकन्ठ। बूढानीलकन्ठ नगरपालिका वडा नम्बर – १२ मा रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नै भवनबाट सदस्य सेवा सुभारम्भ गरेको छ। संस्थाको भवन उद्घाटन तथा सेवा सुभारम्भ समारोह बूढानीलकन्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा अतिथिहरुको रुपमा बूढानिलकन्ठ -१२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई ,सप्तदेब साकोसका अध्यक्ष बालकृष्ण भट्टराई ,लाइफ भिजन साकोसका अध्यक्ष छबिरमण आचार्य ,टेक्सास साकोसका अध्यक्ष मुरारी भण्डारी ,कास्कुनका संचालक पुरुषोतम नेपाल लगायत रहेका थिए।

उक्त समारोहमा प्रमुख अतिथि नगर प्रमुख अधिकारीले सहकारीलाई ब्यवस्थित रुपमा संचालन गर्दा कुनै समस्या नआउने बताउदै नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको प्रगतिको लागि शुभकामना दिएका थिए । बूढानिलकण्ठ -१२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईले पछिल्लो समय सहकारीमा समस्या बढेको हुँदा त्यस्ता समस्या आउन नदिइ संस्थालाई अगाडी बढाउन आग्रह गर्दै संस्थाले आफ्नै भवनबाट सेवा प्रबाह शुरु गरेकोमा खुशी व्यक्त गरेका थिए । संस्थाका सचिव गणेश भट्टराईले संचालन गरेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष नेत्र आचार्यले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष बिष्णु भट्टराईले राखेका थिए। संस्थाका प्रबन्धक शंकर आचार्यले संस्थाको बिगत देखि बर्तमान सम्मको अवस्थाको बारेमा जानकारी दिदै संस्थाको पछिल्लो अवस्थाको समेत जानकारी गराएका थिए ।


Published :असार २५, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media