विराटनगर । नेपाली कांग्रेस महामन्त्री गगन थापाले सांसदको आवश्यक संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तन हुने स्पष्ट पारेका छन् । शनिबार विराटनगरमा पत्रकारसँगको कुराकानीमा महामन्त्री थापाले संसदीय दलको नेता परिवर्तन गरेर अगाडि बढ्ने बताएका बताएका हुन् ।
उनले कांग्रेसको संसदीय दलको विधानमा दलको नेता परिवर्तन गर्न पाउने व्यवस्था रहेको बताए ।
गिरिजाप्रसाद कोइराला दलको नेता हुँदा हालका दलका नेता शेरबहादुर देउवाले नै संख्या पुर्याएर नेता बनेको थापाले स्मरण गराए ।
हाल कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा रहेका छन्। संसदीय दलको निर्वाचनमा देउवाले ६४ मत ल्याएर विजयी भएका थिए । देउवाका प्रतिस्पर्धामा रहेका महामन्त्री गगन थापाले २५ मत मात्र ल्याएका थिए ।
उनले साउन २ गतेबाट पार्टीको केन्द्रीय समिति सुरू हुने बताए । उनले बैठक लामो समयमा बसेकाले धेरै विषय उठ्ने जानकारी दिए । उनले निर्वाचन अगाडि गठबन्धन गर्ने परिपाटी नीति महाधिवेशनले ब्रेक लगाउने बताए ।