काठमाडौं । मिटर ब्याज ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिले आज पनि आन्दोलन गरेको छ ।
साउन २ देखि ०४ गतेसम्म सम्पुर्ण वित्तिय शोषण तथा उत्पीडनका विरुद्ध संसद भवन घेराउ गर्ने कार्यक्रम अन्तर्गत संघर्ष समितिले आज शान्तिबाटिकाबाट सुरु गरेको जुलुश नयाँ बानेश्वर गएको थियो ।
नयाँ बानेश्वरमा संघर्ष समितिले विभिन्न नारा लगाउँदे प्रदर्शन समेत गर्यो । आन्दोलनमा प्रहरी हस्तक्षेप भएको भन्दै उनीहरुले सरकार र गृहमन्त्रीविरुद्ध नारावाजी समेत गरेका थिए । उनीहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्रीको नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका थिए ।
सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्ने भन्दै मुलुकी ऐन संशोधनसमेत गरेको छ तर संघर्ष समितिले उक्त कानुनले पनि मिटरब्याज पीडितको समस्या समाधान नहुने भन्दै प्रदर्शन गर्दै आएका छन् ।