भक्तपुरको साँगामा बस दुर्घटना हुँदा सातजना घाइते

राष्ट्रपाटी न्युज

३ श्रावण २०८०

काठमाडौं । धुलिखेलबाट काठमाडौं आउँदै गरेको यात्रुबस भक्तपुरको साँगामा दुर्घटना भएको छ। बा३ख ९३९६ नम्बरको यात्रुवाहक बस साँगाको महादेव मन्दिर जाने साँगा पुलनजिकैको भीरबाट खसेको प्रहरीको भनाइ छ।

अहिले प्रहरीले घाइतेको उद्धार गरिरहेको जनाएको छ। अहिलेसम्म सात जना घाइतेको उद्धार गरेर अस्पताल पठाइएको छ। प्रहरीका अनुसार चार जना घाइतेको इबमुरा अस्पताल र तीन जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।

अहिले उद्धार कार्य जारी रहेको काभ्रे प्रहरीले जनाएको छ। बसमा ३०/३५ जना सवार रहेको स्थानीयको भनाइ छ।


Published :३ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media