साउदीमा ६४ जना कैदीलाई मृत्युदण्डको सजाय

राष्ट्रपाटी न्युज

६ श्रावण २०८०

काठमाडौँ । साउदी अरबमा हाल कम्तीमा ६४ जनालाई मृत्युदण्ड दिइएको एक अधिकारवादी समूहले शुक्रबार जनाएको छ ।

युरोपेली ‘साउदी अर्गनाइजेसन फर ह्युमन राइट्स (ईएसओएचआर)’ले प्रकाशित गरेको प्रतिवेदन साउदी अरबले मृत्युदण्डको निरन्तर प्रयोग गरिरहेको भन्दै पछिल्लो आलोचना गरेको छ।

आलोचकहरूले ‘भिजन २०३०’ सामाजिक र आर्थिक सुधार एजेन्डामार्फत् आफ्नो छबि नरम पार्ने साउदी अरबको प्रयासलाई कमजोर पार्ने बताएका छन् । ईएसओएचआरका अनुसार यस वर्षको पहिलो छ महिनामा ६१ जनालाई मृत्युदण्डको सजाय भइसकेको छ ।

एएफपीले सरकारी सञ्चारमाध्यममा आधारित भएर तयार पारेको अर्को तथ्यांकअनुसार जुनसम्म ६३ जना र यो महिनासम्म ७४ जनालाई मृत्युदण्ड दिइएको छ । (एजेन्सी)


Published :६ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media