प्रकृति मास्नेहरु समाज बिरोधी हुन् : मन्त्री किराँती

राष्ट्रपाटी न्युज

११ श्रावण २०८०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रकृतिलाई अस्वीकार गर्ने मानिस प्रकृति बिरोधी भएको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रकृतिलाई स्वीकार गरेर प्रकृतिसँगै खेल्न सक्नेहरु सधैँ खुशी हुने बताए । उनले धर्तीको जीवहरु प्रकृतिका फूल भएकाले सबै जना प्रकृतिमा खुशी हुन सक्नुपर्ने बताए । उनले प्रकृतिको बिरोध गरी प्रकृति मास्नेहरु समाज बिरोधी भएको बताए ।

मन्त्री किराँतीले प्रकृतिलाई स्वीकार्न नसक्ने मानिसलाई बुद्धिजीवि भन्न नसकिने बताए ।


Published :११ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media