निब्स कलेजको अभिमुखिकरण कार्यक्रम सम्पन्न

राष्ट्रपाटी न्युज

१८ श्रावण २०८०

बूढानीलकण्ठ । बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ मा रहेको नेशनल आइडियल बोर्डिङ्ग हाइस्कुल (निब्स) कलेजले कक्षा ११ मा भर्ना भएका बिद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। कलेजको सभाहलमा आयोजित विशेष समारोहमा कक्षा ११ मा भर्ना भएका बिद्यार्थीहरुलाइ प्राचार्य डि एन महत्तोले अबिर र खादा लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा कक्षा ११ मा अध्यापन गर्ने विभिन्न विषयका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियोे ।

अभिमुखिकरण कार्यक्रममा कक्षा ११ का बिद्यार्थीहरुलाई समग्र बिधालयको अवस्था, बिद्यार्थीले पालना गर्नुपर्ने नियमहरु, बिधालयमा पढाइ हुने बिभिन्न बिषयहरु लगायतको बारेमा जानकारी गराइएको थियो।

कार्यक्रममा बिधार्थीहरुले बिभिन्न सांस्कृतिक एबम मनोरन्जनात्मक प्रस्तुतिहरु दिएका थिए।


Published :१८ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media