त्रि–ज्योति मा.वि.का प्रधानाध्यापक मिश्र “माध्यमिक शिक्षा परीक्षा उत्कृष्ट सम्मान–०७९” द्वारा सम्मानित

राष्ट्रपाटी न्युज

साउन १८, २०८०

बूढानीलकण्ठ। बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको लामो इतिहास बोकेको त्रि–ज्योति मा.वि.ले शैक्षिक वर्ष २०७९ को “माध्यमिक शिक्षा परीक्षा उत्कृष्ट सम्मान–०७९” प्राप्त गरेको छ । ५० जनाभन्दा बढी विद्यार्थीहरुलाई प्रत्येक वर्ष माध्यमिक शिक्षा परीक्षामा समावेश गराउदै आएको यस त्रि–ज्योति मा.वि.ले २०७४ सालमा जीपीए–४ र अन्य वर्षहरुमा निरन्तर रुपमा शैक्षिक गुणस्तर कायम गर्दै आइरहेको सिलसिलामा काठमाडौं जिल्लाभरिका विद्यालयहरुमा उत्कृष्ट विद्यालयभित्र परेको छ ।

यो बिधालय प्रयोगात्मक शिक्षण विधि, पुस्तकविनाको पठनपाठन र सिक्दै, पढ्दैको मान्यतामा आधारित भई नेपालको शैक्षणिक पद्धतिमा उल्लेखनीय योगदान दिने शैक्षिक संस्थाभित्र पर्न सफल भएको छ। यसै सन्दर्भमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले “माध्यमिक शिक्षा परीक्षा उत्कृष्ट सम्मान–०७९” द्वारा त्रि–ज्योति मा.वि.का प्रधानाध्यापक गणेशकुमार मिश्रलाई सम्मान गरेका छन् ।

साथै ५५ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा दिएकोमा उत्कृष्ट सबै विद्यार्थीहरुका अतिरिक्त प्रथम हुन सफल १ छात्रा र १ छात्रलाई पनि उक्त विशेष समारोहमा सम्मान गरिएको थियो ।


Published :साउन १८, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media