नेकपा एमाले बूढानिलकण्ठ-१० ले जनप्रतिनिधिसंग अन्तरक्रिया कार्यक्रम गर्ने

राष्ट्रपाटी न्युज

१८ श्रावण २०८०

बूढानीलकण्ठ। नेकपा एमाले बूढानिलकण्ठ-१० कमिटीले नागरिक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।

यहि साउन २० गते शनिवार बिहान ७ बजे वडा नं १० को मिलनचोक पार्टी भेन्युमा आयोजना गरिने अन्तरक्रिया कार्यक्रममा बूढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख ,उपप्रमुख,वडाध्यक्ष तथा वडा सदस्यहरु सहित नेकपा एमालेका नेता,कार्यकर्ता तथा आम नागरिकहरुको समेत उपस्थिति रहने कमिटिका अध्यक्ष जगत निरौलाले जानकारी दिएका छन्। ।

उक्त अन्तरक्रिया कार्यक्रममा वडा नं १० सहित बूढानिलकन्ठ नगरपालिकाको समग्र विकास , जनप्रतिनिधिको भूमिका,अहिलेका जल्दाबल्दा समस्याहरु र समाधानहरुको बारेमा छलफल हुने बताइएको छ।

उक्त कार्यक्रममा नेकपा एमाले समर्थक मात्र नभई सबै नागरिकहरुले सहभागी हुन पाउने कमिटिका उपसचिव नवराज देउजाले जानकारी दिएका छन्।


Published :१८ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media