
बूढानिलकण्ठ। बूढानिलकण्ठ नगरपालिका शिक्षा महाशाखाले बिभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्दै आएको छ। यसैबिच उक्त महाशाखाले यहि श्रावण ५ गते देखि १३ गते सम्म अंग्रेजी बिषय समितिसंगको सहकार्यमा ९ दिने अंग्रेजी भाषा सम्बन्धि तालिम संचालन गरेको छ।उक्त तालिम भौतिक तथा अनलाइन दुवै विधा मार्फत संचालन गरिएको थियो।
बूढानिलकण्ठ नगरपालिकाका सामुदायिक बिधालयमा कार्यरत आधारभूत तहका शिक्षकहरुलाइ उनीहरुको अंग्रेजी भाषा विकासका निम्ति उक्त तालिम कार्यक्रम संचालन गरिएको अंग्रेजी बिषय समितिका सदस्य बासुदेव गुरागाईंले जानकारी दिएका छन्। कक्षामा पढाउँदा अंग्रेजी बिषयमा सहजता होस भन्ने उदेश्य सहित २२ जना आधारभूत तहका शिक्षकहरुलाई तालिम दिइएको उनको भनाइ छ। उक्त कार्यक्रममा विषय बिज्ञको रूपमा भानुचन्द्र जोशी सहित अंग्रेजी विषयका बिज्ञहरु मिम काजि श्रेष्ठ , बासुदेव गुरागाईं, मात्रिका सुबेदी , केशब जोशी ,सुधा मैनाली लगायतले सहभागीहरुलाई तालिम दीएका थिए।
तालिम समापन भएपछी सहभागीहरुको बिचमा परीक्षासमेत संचालन गरिएको थियो।
बूढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल,शिक्षा महाशाखा प्रमुख ललित बिक्रम सिंह लगायतको उपश्थितिमा समापन कार्यक्रम सम्पन्न गरिएको छ। समापन कार्यक्रममा सहभागीहरुलाई बधाई तथा धन्यबाद सहित प्रमाण पत्र समेत वितरण गरिएको थियो।
अंग्रेजी बिषय समितिले संचालन गरेको यो कार्यक्रम अत्यन्त प्रभावकारी रहेको र भविष्यमा समेत निरन्तरता दिन सहभागीहरुले अनुरोध समेत गरेका थिए।