माओवादी केन्द्रीय समिति बैठकमा आज बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने

राष्ट्रपाटी न्युज

२० श्रावण २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । गत बुधवार सुरु भएको बैठकमा शुक्रबारसम्म १ सय ४१ जना नेताले आफनो धारणा राखिसकेका छन् । आज बाँकी सदस्यहरुले आफ्नो धारणा राख्ने छन् ।

मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल केन्द्रित रहेको छ ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी रहेको माओवादी कार्यालयले जनाएको छ ।


Published :२० श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media