घट्यो सुनको मूल्य

राष्ट्रपाटी न्युज

२२ श्रावण २०८०

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको जनाएको छ । महासंघले  आइतबारको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर कारोबारमा आएको जनाएको हो ।

मूल्य घटेसँगै सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ कायम छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर छ । यससँगै, चाँदी विगत ४ दिनदेखि स्थिर कायम छ । चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम छ ।


Published :२२ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media