युवा परिषद बूढानिलकन्ठले वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने

राष्ट्रपाटी न्युज

२२ श्रावण २०८०

बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिका नगर युवा परिषदले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ।

यहि २०८० साल श्रावण २७ गते शनिवार बूढानिलकन्ठ नगरपालिका सभाहलमा “समृद्ध नगर निर्माणमा युवाको भूमिका” विषयक नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने नगरपालिका नगर युवा परिषद उपाध्यक्ष रुपेश भट्टराईले जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवस १९९९ देखि विश्भरिका राष्ट्रहरूले उत्सवका रूपमा मनाउँदै आइरहेका छन् । संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको छ ।

यस प्रतियोगितामा प्रथम हुने लाई २५ हजार , दोस्रो लाई २० हजार, तेस्रोलाई १५ हजार र सान्त्वनालाई ५ हजार रकम पुरस्कार तोकिएको छ ।

यस प्रतियोगितामा नगरपालिकामा स्थायी बसोवास गर्ने १६ देखि ३० वर्षका युवाहरु सहभागि हुन पाउने छन् ।

इच्छुक सहभागीले बूढानीलकण्ठ नगर युवा परिषद्को कार्यालय वा परिषदबाट जारी भएको अनलाईन https://forms.gle/rw3u6sdSXTWHCCJU7 फारम मार्फत आवेदन फर्म बुझाउन सकिने आयोजकले जानकारी दिएका छन् ।


Published :२२ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media