रोल्पाको त्रिवेणीमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु, १४ जना घाइते

राष्ट्रपाटी न्युज

२३ श्रावण २०८०

रोल्पा । रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको बस रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते छन् ।

मंगलबार दिउँसो १ बजेपछि ना ५ ख २६१२ नम्बरको बस सडकबाट करिब ५० मिटर मुनि खसेर दुर्घटनाग्रस्त भएको हो ।

स्थानीयहरूका अनुसार तीव्र गतिमा गुडिरहेको बस चालकको नियन्त्रण बाहिर जाँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा एक बालक भने भेटिएका छैनन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

घटनास्थलमा घाइते र मृत्यु भएकाहरूको उद्धार जारी रहेको एक स्थानीयले बताए। घटनास्थलमा उद्धारका लागि प्रहरीसहित स्थानीय खटिएका छन् । मृतकको पहिचान हुन बाँकी छ ।


Published :२३ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media