बूढानिलकन्ठमा निजि बिधालय संचालकद्वारा नगर प्रमुखलाइ ध्यानाकर्षण पत्र हस्तान्तरण

राष्ट्रपाटी न्युज

२४ श्रावण २०८०

काठमाडौं । सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संसोधन गर्ने भए पछि निजि विद्यालयका सञ्चालकहरु आन्दोलनमा उत्रिएका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्यालय शिक्षा विधेयक अबैधानिक भन्दै मंगलबार निजी विद्यालयका सञ्चालकहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए ।

निजि विद्यालयका सञ्चालकहरुले घोषणा गरेको आन्दोलनको कार्यक्रममा साउन २४ गते बुधबार पालिका, शिक्षा विकास तथा समन्वय एकाई, प्रदेश मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको थियो। यसै अनुरुप बूढानिलकण्ठ नगरपालिकामा आज नगरप्रमुख मिठाराम अधिकारीलाइ ध्यानाकर्षण पत्र बुझाइएको छ। बूढानिलकण्ठ नगरपालिकाभित्रका निजि बिधालय संचालकहरुको खचाखच उपश्थितिमा एन प्याब्सन बूढानिलकण्ठ अध्यक्ष नारायणबाबु तिम्सिना र प्याब्सन बूढानिलकण्ठ अध्यक्ष राधेश्याम श्रेष्ठद्वारा हस्ताक्षेरित ध्यानाकर्षण पत्र नगर प्रमुख अधिकारीलाई हस्तान्तरण गरिएको एन प्याब्सन बूढानिलकण्ठ अध्यक्ष नारायणबाबु तिम्सिनाले जानकारी दिएका छन् ।

यस्तै, साउन २५ गते विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको मस्यौदाको विरोधमा अन्तरकृया गर्ने, २७ गते आन्दोलनको समिक्षा गर्ने कार्यक्रम छ । यस्तै, साउन २७ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द र भदौ १ गते अनिश्चित विद्यालय बन्द तथा विद्यालयका सवारी साधनहरु सार्वजनिक स्थानमा पार्किङ गर्ने जस्ता रहेका छन् ।


Published :२४ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media