घट्यो सुनचाँदीको भाउ

राष्ट्रपाटी न्युज

२६ श्रावण २०८०

काठमाडौँ  । साताको अन्तिम कारोबारको दिन  शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ।  शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । योसँगै छापावाल सुन प्रतितोला  १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले  जनाएको छ ।

बिहीबार पनि सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको थियो। हिजो प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। बिहीबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो ।


Published :२६ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media