कांग्रेस सांसद सुनिल शर्मा पक्राउप्रति एमालेको आपत्ति

राष्ट्रपाटी न्युज

२६ श्रावण २०८०

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरिएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा एमालेको तर्फबाट बोल्दै सांसद ज्वालाकुमारी शाहले कांग्रेस सांसद शर्माको पक्राउप्रति आपत्ति जनाइन् ।

शाह बोलिरहँदा सत्ता पक्षका सांसदहरुले भने होहल्ला गरेका थिए । उनीहरुले सदन विपक्षीको मात्रै कुरा सुनेर अगाडि बढ्न नसक्ने बताएका थिए । सत्ता पक्षका सांसदहरुले होहल्ला गरेपछि सभामुखले सांसद शाहको कुरा नसुनिएको भन्दै बस्न आग्रह गरे ।

त्यसपश्चात एमालेका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेपछि आजको बैठकका सम्पूर्ण कार्यसूची स्थगन गर्दै आउँदो सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरिएको छ ।


Published :२६ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media