
बूढानिलकण्ठ। नेशनल प्याब्सन बूढानिलकण्ठ नगर कमिटीले नगर स्तरिय अन्तर विधालय बास्केटबल प्रतियाेगिता आयोजना गरिरहेको छ।
यहि भाद्र ७ र ८ गते माउण्ट कैलाश स्कुल राम मन्दिर कपनमा संचालन भैरहेको प्रतिष्पर्धामा बूढानिलकण्ठ नगर क्षेत्रका तिन दर्जन भन्दा बढी बिधालय सहभागी भएको एन प्याब्सन बूढानिलकण्ठका उपाध्यक्ष एबम कार्यक्रम संयोजक राजेश्वर तिवारीले जानकारी दिएका छन्।
लिग नियमको आधारमा संचालन गरिएको प्रतिष्पर्धामा सहभागी तथा बिजेता टोलिहरुलाई ट्रफी, मेडल एबम प्रमाणपत्र सहित सम्मान गरिने उनले जानकारी दिएका छन्।
यसै बिच नेशनल प्याब्सन बूढानिलकण्ठ नगर कमिटीको अधिवेशन यहि भाद्र १५ गते आयोजना गरिने र उक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने आयोजकले जानकारी दिएको छ।