कपनमा अझै २०/२५ बर्षको लागि बक्स कल्भर्ट उचित – राजाराम बुढाथोकी

राष्ट्रपाटी न्युज

१७ भाद्र २०८०

बूढानिलकण्ठ। नेपाली कांग्रेस बूढानिलकन्ठ नगर समिति सभापति राजाराम बूढाथोकिले खोला खोल्ने वा नखोल्ने कुरा बिशुद्व प्राविधिक विषय भएको भन्दै प्राविधिकहरु संगको समन्वयमा काम हुनुपर्ने बताएका छन्। हाल कपनमा महानगरले पेलेर एक पक्षीय रुपमा खोला खोल्नु भन्दा समन्वय गरेर काम हुनुपर्ने उनको भनाइ छ।

महानगरले एक पक्षीय रुपमा खोला खोले पनि कपन क्षेत्रको यज्ञमति खोला भने प्रविधिकहरुको सिफारिसमा अझै २०/२५ बर्षको लागि बक्स कल्भर्ट बनाउदा उचित हुने भन्दै उनले त्यस पछि मात्र भत्काउनुपर्ने बताएका छन्।

राष्ट्रपाटि डट कमको बिशेष प्रस्तुति ‘राष्ट्रपाटि टक शो’ मा कुरा गर्दै नेपाली कांग्रेसका नगर सभापति बूढाथोकीले सबै व्याक्तिको निजि सम्पतिको अधिकार रहने भन्दै खोला खोल्दा कसैको निजि सम्पत्ति पर्छ भने क्षतिपूर्ति दिनुपर्ने बताएका छन्। हिजो बिभिन्न कारणले खोलामा हिमपाइप सबैको समर्थनमा राखिएको भन्दै अब समयको आबश्यकता अनुसार अगाडी बढ्ने बेला भएको उनको भनाइ छ।
राष्ट्रपाटि डट कमको बिशेष प्रस्तुति ‘राष्ट्रपाटि टक शो’ तलको लिंकमा हेर्न सकिने छ।


Published :१७ भाद्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media