भारतविरुद्ध पहिले नेपालले ब्याटिङ गर्ने

काठमाडौं । एसिया कपको दोस्रो खेलमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

क्यान्डीमा टस जितेर भारतले नेपाललाई ब्याटिङको निम्तो दिएको हो । मौसम प्रतिकूलतालाई मध्यनजर गर्दै आफूहरूले बलिङ रोजेको भारतीय कप्तान रोहित शर्माले जानकारी दिए ।

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले आफूहरू ब्याटिङका लागि तयार रहेको बताए। उनले भारतसँग खेल्नु नेपालीहरूको ठूलो सपना रहेको भन्दै प्रतिस्पर्धात्मक खेल खेल्ने बताए।

यसअघि पाकिस्तानमा भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २४३ रनले पारजित भएको थियो ।

 


Published :भदौ १८, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media