इजरायलद्वारा गाजा क्षेत्रको अस्पताल वरपर बमबारी

राष्ट्रपाटी न्युज

कार्तिक ११, २०८०

गाजा । उत्तरी गाजा पट्टीबाट रिपोर्ट गर्दै अल जजीराको सफवत काहलोउटले साक्षीहरूलाई उद्धृत गर्दै भने कि इजरायलले इन्डोनेसियाली अस्पताल र अल शिफा अस्पताल वरपर बमबारी गरिरहेको छ ।

हमासले अल शिफा अस्पताललाई आधार र ढालको रूपमा प्रयोग गरेको आरोप लगाएको थियो, जसलाई प्यालेस्टिनी समूह हमासले दृढतापूर्वक अस्वीकार गर्दै आएको छ । यसैबेला इजरायलले सो अस्पताल वरपर बमबारी गरेको हो ।

‘हामीलाई थाहा छैन कि अल शिफा अस्पताल वरपरको यो बमबारी एक प्रकारको चेतावनी हो वा गाजा शहर र गाजाको बाँकी भागमा तीव्र भइरहेको इजरायली हवाई आक्रमणको विस्तार हो, तर जे होस बमबारी भईरहेको छ,’ संबाददाता काहलौटले भने ।


Published :कार्तिक ११, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media