भारतमा सडक दुर्घटनामा परी सुर्खेतका एकै परिवारका पाँचजनाको मृत्यु

राष्ट्रपाटी न्युज

कार्तिक १७, २०८०

सुर्खेत । भारतमा सडक दुर्घटनामा परी पाँच जना सुर्खेतवासीको मृत्यु भएको छ । मृतक पाँचैजना एकै परिवारका हुन् ।

रोजगारीको सिलसिलामा भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्ला अन्तर्गत अवजलपुरमा रहेका उनीहरुको सडक दुर्घटनामा परी मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुर्खेत चौकुने गाउँपालिका-७, अमलाटाकुराका अन्दाजी २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका छोरा पाँच वर्षीय मिलन नेवार, अर्का छोरा दुई वर्षीय धड्कन नेवार र भाइ बुहारी सुस्मिता नेवार रहेका छन् ।

गोवा जाने मुख्य सडकमा ट्रकको ठक्करबाट गए राति उनीहरूको घटनास्थलमै मृत्यु भएको चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग बिकले जानकारी दिए ।

अध्यक्ष विकका अनुसार बिरामी भएर अस्पतालमा रहेका दाजु भेटेर फर्किएको रतनको स-परिवार सवार मोटरसाइकललाई विपरित दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो । उक्त मोटरसाइकल रतनले चलाएका थिए ।

मृतक नेवार परिवार विगत एक वर्षदेखि रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका थियो ।


Published :कार्तिक १७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media