नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकममा भने गिरावट

राष्ट्रपाटी न्युज

साउन २७, २०८३

काठमाडौं । सेयर कारोबार साताको तेस्रो दिन नेप्से परिसूचकमा झिनो अंकको सुधार भएकाे छ । नेप्से परिसूचक ०.५५ अंकले बढेर २६४२.४० विन्दुमा अडिएको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक  ०.७९ अंकले वृद्धि भएको थियो। सो दिन ४ अर्ब ११ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

यसदिन  ३४८ वटा स्क्रिप्सको ८७ लाख १ हजार ९४४ कित्ता सेयर ३ अर्ब ५३ करोड २१ लाख ५ हजार ५१८ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये १०२  स्टक्सको मूल्य बढ्दा १६५ वटाको घट्यो। ९ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। यसदिन माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

१२ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिवेन्चर २०८३ को सेयर १५ प्रतिशतले घट्दा अपर लोहोरे खोला हाइड्रोपावरको १४.९८ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा एनआरएन शीर्षस्थानमा रह्यो। उक्त कम्पनीले ३१ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। सेन्ट्रल फाइनान्स र सोलु हाइड्रोपावरले २०/२० करोडको कारोबार गर्दा कालिञ्चोक हाइड्रोपावर र नगदी ग्रुप पावरले १०/१० करोडको कारोबार गरे।

यसदिन पाँचवटा समूहको उपसूचक सकारात्मक देखिए। बैंकिङ,फाइनान्स,होटल्स एण्ड टुरिजम ,इन्भेष्टमेन्ट र म्युचुअल फण्डबाहेक बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए।


Published :साउन २७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media