जाजरकोटमा फेरि ४ म्याग्निच्युडका दुईवटा भूकम्पको धक्का

राष्ट्रपाटी न्युज

कार्तिक १९, २०८०

काठमाडौं  । जाजरकोटमा आइतबार फेरि ४ म्याग्निच्युडमाथिको दुईवटा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार  दिउँसो २ बजेर २४ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको र आइतबारै बिहान १ बजेर २२ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको धक्का मापन गरिएको थियो ।

आइतबार बिहान ४ बजेर ५३ मिनेटमा जाजरकोटमै ३.८ म्याग्निच्युडको धक्का मापन गरिएको केन्द्रले जानकारी गराएको छ । गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पका कारण ठूलो धनजनको क्षति भएको छ ।

 


Published :कार्तिक १९, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media