गाजा संकटबारे साउदी अरबमा अरब इस्लामिक शिखर सम्मेलन हुँदै

राष्ट्रपाटी न्युज

कार्तिक २५, २०८०

रियाद । साउदी अरेबियाले शनिबार संयुक्त अरब इस्लामिक शिखर सम्मेलन आयोजना गर्दैछ ।

साउदी अरेबियाले गाजामा देखा परेको संकटका बारेमा छलफल गर्नका लागि शनिबार संयुक्त अरब इस्लामिकको असाधारण शिखर सम्मेलनको आयोजना गर्न लागेको हो  ।

साउदीको विदेश मन्त्रालयले शनिबार बिहान स्थानीय समय अनुसार जारी गरेको विज्ञप्तिमार्फत यो जानकारी दिएको हो ।

साउदी अरेबियाले सुरुमा शनिबार अरब र इस्लामिक शिखर सम्मेलनहरू छुट्टाछुट्टै आयोजना गर्न लागेको थियो तर अरब राष्ट्रहरूको लिग र इस्लामिक सहयोग संगठनसँगको परामर्शपछि दुवैलाई संयोजन गर्ने निर्णय गरेको हो ।


Published :कार्तिक २५, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media