चिनियाँ राष्ट्रपति तानाशाह हुन् : जो बाइडेन

राष्ट्रपाटी न्युज

कार्तिक ३०, २०८०

वासिगटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना चिनियाँ समकक्षी सि जिनपिङ ‘तानाशाह’ भएको पुनः टिप्पणी गरेका छन् ।

अमेरिकामा समकक्षी जिनपिङसँग भेटबार्ता पछि पत्रकारहरुसँग कुराकानी गर्दै वाइडेनले  जिनपिङलाइ ‘तानाशाह’ भनि टिप्पणी गरेका हुन् ।

सिएनएनका अनुसार वाइडेनले आफ्नो अघिल्लो टिप्पणी ‘तानाशाह’ लाई दोहोरयाएका छन । उसका अनुसार वाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पुनः ‘तानाशाह’ भनेका छन, त्यो पनि दुई नेताले शिखर सम्मेलनको लागि भेटेको केही घण्टा पछि नै । यद्धपी, वाइडनेले दुई देश बिचको बार्तालाई ‘सबैभन्दा फलदायी वार्ता’को रूपमा वर्णन भने गरेका छन् ।

सीएनएनको एमजे लीले सोधेका थिए, ‘यदि राष्ट्रपतिले सीलाई विगतमा जस्तै ‘तानाशाह’को रूपमा वर्णन गर्नुहुन्छ ?’ जवाफमा बाइडेनले भने, ‘हेर्नुहोस्, उहाँ हुनुहुन्छ ।’

उनले अगाडि भने, ‘उनी यस अर्थमा तानाशाह हुन् कि उनी कम्युनिस्ट भएको देश चलाउने नेता हुन् र त चिनियाँ सरकार हाम्रो भन्दा पूर्ण रूपमा फरक छ।’

बाइडेनले यसअघि क्यालिफोर्नियामा भएको एक कार्यक्रममा चिनियाँ राष्ट्रपति सीलाई पहिलाे पटक ‘तानाशाह’ सँग तुलना गरेका थिए किनभने उनले फेब्रुअरीमा चिनियाँ बेलुनलाई अमेरिकी लडाकु विमानहरू खसालेको भन्ने बिबाद बाहिरिएको बेला यस्तो टिप्पणी गरेका थिए । (एजेन्सी)


Published :कार्तिक ३०, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media