गाजामा थप दुई इजरायली सैनिक मारिए

राष्ट्रपाटी न्युज

कार्तिक ३०, २०८०

तेल अहिव । गाजामा थप २ इजरायली  सैनिक मारिएका छन् ।

थप दुईसहित गाजा अप्रेसनको क्रममा हालसम्म इजरायलका ५० सैनिक मारिएका छन् ।

इजरायलले गाजामा आफ्ना ५० सैनिक मारिएको जनाएको हो ।

इजरायली सेनाले गाजामा अक्टोबर ७ बाट आफ्नो भूमिमा आक्रमण सुरु गरे देखि यसका थप दुई सैनिकको लडाइँमा मृत्यु भएको जनाएको छ । जसअनुसार कुल संख्या ५० पुगेको हो ।

इजरायल डिफेन्स फोर्सका अनुसार केफिर इत्झाक फ्रानको र असफ मास्टर मारिने पछिल्लो ईजरायली सैनिकहरू भएको बताएको छ।


Published :कार्तिक ३०, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media