एमालेलाई सरकारमा ल्याउने प्रयास जारी

राष्ट्रपाटी न्युज

कार्तिक ३०, २०८०

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा आफूहरूले नेकपा एमालेलाई सरकारबाट नबाहिरिन आग्रह गरेको बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले अहिले पनि कोशी प्रदेशमा एमालेलाई सरकारमा ल्याउने प्रयास भइरहेको बताउँदै बजेट आएपछि सरकारले पूर्णता पाउनेसमेत बताए ।

उनले अब पनि सहमतिको सरकार बनाउने प्रयास जारी रहेको धारणा राखे । नेता कोइरालाले जनतालाई आशा देखाउने गरी सरकारले काम गर्न नसकेको बताउँदै चिन्तित हुनुपर्ने अवस्था भने नआएको जिकिर गरे ।

उनले गणतन्त्र खराब व्यवस्था नभए पनि राजनीतिक दलका नेताहरूको कारण बदनाम भएको र जनतामा निरासा छाएको धारणा राखे । नेता कोइरालाले मिडियाले सरकारको विरोध गर्ने कार्यलाई सल्लाहका रुपमा लिएर सच्चिँदै जानुपर्ने र सरकार प्रमुखबाट बेलाबेलामा भइरहेको अभिव्यक्तिले पनि अराजकता निम्तिएको बताए ।


Published :कार्तिक ३०, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media