लुम्बिनी सरकारविरुद्ध सर्वोच्चमा रिट दायर

राष्ट्रपाटी न्युज

१२ मंसिर २०८०

बुटवल । लुम्बिनी प्रदेश सरकारले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

प्रदेशमा रहेका १३ वटा अस्पताल विकास समितिबाट आफूहरुलाई कानुन विपरित हटाएर नयाँ नियुक्ति गरेको भन्दै पूर्व अध्यक्षहरुले रिट दायर गरेका हुन्।

कात्तिक १ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नयाँ नियुक्ति गरेको थियो। राजनीति प्रतिसोध साँधेर आफूहरुलाई नियम विपरित हटाएको अध्यक्षहरुले प्रतिक्रिया दिएका छन् । कुनै पनि जानकारी नदिई आफूहरुलाई पदमूक्त गरिएको पूर्व अध्यक्षहरुले प्रतिक्रिया दिए।

सरकारले गरेको उक्त निर्णयले पूर्व अध्यक्षहरुमाथि अन्याय गरिएकाले निर्णय बदरका लागि  सर्वोच्चमा रिट दायर गरिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका पूर्व अध्यक्ष अजयमान श्रेष्ठले जानकारी दिए।

तीन वर्षका लागि नियुक्त गरिएपनि ६ महिनाभित्रै आफूहरुलाई गैरकानुनी रुपमा हटाइएको राप्ती प्रादेशिक अस्पताल दाङका पूर्व अध्यक्ष पदम न्यौपानेले बताए ।
सरकारले आफ्ना नजिकका मान्छेहरुलाई नियुक्ति गर्नका लागि नियमावली नै संशोधन गरेर गैर जिम्मेवारीपूर्ण काम भएको उनको भनाई छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्यमन्त्री राजु खनाल र अर्थमन्त्री धनबहादुर मास्कीसहित नवनियुक्त अध्यक्षहरुलाई रिटमा विपक्षी बनाइएको छ ।


Published :१२ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media