हाम्रो पदयात्रा नसकिँदै यो सरकार ढल्न सक्छः अध्यक्ष ओली

राष्ट्रपाटी न्युज

मंसिर १४, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकार चाँडै ढल्ने दावी गरेका छन ।

डडेल्धुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने दावी गरेका हुन ।

‘यो सरकार ढाल्नै पर्दैैन, यो त आफै ढल्दैछ, यो अहिले नै हल्लिरहेको छ,’ जारी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘यो कुनै खुट्टा भएको सरकार होइन, यो गठबन्धनहरुको छेस्कनो लगाएको सरकार हो, हाम्रो पदयात्रा नसकिदै यो सरकार ढलिसकेको हुनसक्छ, कुनै भर छैन् ।’

उनले प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसलाई प्रचण्ड पथमा हिडाएको पनि आरोप लगाएका छन । ‘यो सरकार प्रचण्ड पथमा लागेको छ । आफनै मान्छे थुनिएको छ, हो होइन अदालतले भन्ला तर सत्तामा रहेको दलहरु प्रचण्ड पथतर्फ गईरहेका छन् ।’


Published :मंसिर १४, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media